मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आँबुखैरेनी–मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुँदै

आँबुखैरेनी–मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुँदै

न्यूजस्टोरी

चितवन, २७ जेठ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मतको काम भैरहेको हुँदा आज बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म सडक नै बन्द गरेर मर्मतको काम गर्न लागेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

साँखर ड्याम नजिक चर्किएको ठाउँमा ढुङ्गाको पनि व्यवस्थापन गर्नुपर्ने भएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिनुभयो । निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रा।लि। भरतपुरले सडक मर्मतको काम गरिरहेको छ । मस्र्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।