मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न गृह मन्त्रालयको अनुरोध

सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न गृह मन्त्रालयको अनुरोध

न्यूजस्टोरी

काठमाण्डौ – गृह मन्त्रालयले सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न अनुरोध गरेको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेर सार्वजनिक यातायातलाई अपाङ्गता तथा अशक्तमैत्री बनाउन सिँढी राख्न सम्बन्ध निकायलाई निर्देशन गर्न अनुरोध गरेको हो ।

अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई आवागमनमा सहज होस् भन्नका लागि सार्वजनिक बसमा अनिवार्य अपाङ्गतामैत्री र्‍याम्प राख्न अनुरोध गरेको गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो । अहिले सार्वजनिक गाडीमा चढ्न अपाङ्गता भएका व्यक्तिले हैरानी बेहोर्दै आएका छन् ।

काठमाण्डौमा सञ्चालन हुने साझाको विद्युतीय बसमा भने ढोका होचो भएकोले अपाङ्गता भएका व्यक्तिलाई सहज रहेको छ ।