मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा गाजा युद्ध अन्त्य गर्ने इजरायली प्रस्ताव सार्वजनिक

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा गाजा युद्ध अन्त्य गर्ने इजरायली प्रस्ताव सार्वजनिक

न्यूजस्टोरी

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा द्वन्द्व अन्त्य गर्न इजरायलले हमाससँग गरेको प्रस्ताव सार्वजनिक गर्नुभएको छ । बाइडेनले हमासलाई प्रस्ताव स्वीकार गर्न आग्रह गर्दै अब युद्ध अन्त्य गर्नुपर्ने समय भएको बताउनुभएको बीबीसीले जनाएको छ ।

तीन चरणको प्रस्तावअन्तर्गत ६ हप्ता लामो युद्धविराम हुनेछ । ६ हप्ताको समयमा मानवीय सहायता पुर्‍याउने क्रमलाई तीव्र बनाइनेछ भने प्यालिस्टिनी बन्दीको सट्टा केही बन्धक रिहा गरिनेछन् । यो सम्झौताले स्थायी रूपमा युद्धलाई अन्त्य गर्नेछ र गाजाको पुनर्निर्माणको एउटा प्रमुख योजना तय गरिनेछ । पुनर्निर्माणमा अमेरिका र अरू अन्तर्राष्ट्रिय निकायले घर, विद्यालय र भवन निर्माण गर्न सहयोग गर्ने विषय पर्छन् ।

हमासले प्रस्तावलाई आफूले सकारात्मक ढङ्गले हेरेको बताएको बीबीसीले जनाएको छ । यस्तै बेलायतका विदेशमन्त्री डेविड क्यामरनले पनि इजरायलको प्रस्ताव स्वीकार गर्न हमासलाई अनुरोध गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले पनि इजरालयको प्रस्तावलाई स्वागत गर्दै यसले मध्यपूर्वमा शान्ति ल्याउन सक्ने बताउनुभएको छ । कतारमा रहेका मध्यस्थकर्तामार्फत हमासलाई प्रस्ताव पठाएको अमेरिकी राष्ट्रपति बाइडेनले बताउनुभएको छ ।