मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय सभाको जेठ मसान्तसम्मको कार्यतालिका तय

राष्ट्रिय सभाको जेठ मसान्तसम्मको कार्यतालिका तय

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठ मसान्तसम्मको बैठकको कार्यतालिका टुङ्ग्याएको छ। विभिन्न तीन अजेन्डाका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार सिंहदरबारमा बसेको थियो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठकलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सकारात्मक सहयोग गर्न राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आग्रह गरेका थिए ।

सभावित कार्यतालिका अनुसार अब राष्ट्रिय सभाको बैठक जेठ २०, २१, २२, २८ र २९ गते बस्ने छ । बैठक बस्ने दिनहरूमा मुख्य गरी बजेटमाथि छलफल हुने छ ।