मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गर्मी अचाक्ली भएपछि तुलसीपुरका विद्यालय पाँच दिन बन्द

गर्मी अचाक्ली भएपछि तुलसीपुरका विद्यालय पाँच दिन बन्द

न्यूजस्टोरी

दाङ । गर्मी अत्यधिक बढेपछि तुलसीपुर उपमहानगरमा पाँच दिन विद्यालय बन्द गरिएको छ । १८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार २३ गतेदेखि पठनपाठन सञ्चालन गरिने छ । यहाँ ३९ डिग्री सेल्सियस बढी तापक्रम मापन गरिएको छ ।