मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढुङ्गाखानीमा पुरिएर भारतको मिजोरममा २७ जनाको ज्यान गयो

ढुङ्गाखानीमा पुरिएर भारतको मिजोरममा २७ जनाको ज्यान गयो

न्यूजस्टोरी

भारतको मिजोरममा एउटा ढुङ्गाखानीमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या २७ जना पुगेको छ । मिजोरमको आइजोल जिल्लामा हिजो अविरल वर्षाका कारण ढुङ्गाखानीमा पहिरो झरेको थियो । बङ्गालको खाडीमा उत्पत्ति भएको रेमल चक्रवातका कारण भारी वर्षा भई पहिरो जाँदा मिजोरममा राष्ट्रिय सडक पनि बगाएको छ ।

मिजोरमको अरू राज्यसँगको यातायात सम्पर्क टुटेको बीबीसी हिन्दिले जनाएको छ । मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागकाअनुसार त्यहाँ आवासीय पूर्वाधारमा क्षति हुँदा बिजुली र पानी आपूर्तिसमेत बन्द भएको छ । आपतकालीन कोषमा राज्य सरकारले १५ करोड रुपैयाँ छुटयाएको छ । मृतकका परिवारलाई ४र४ लाख भारतीय रुपैयाँका दरले राहत उपलब्ध गराइने त्यहाँका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

लगातार निकै ठूलो चक्रवात चल्दा मिजोरमका धेरै ठाँउमा बिजुलीको पोल र रुखसमेत उखेलिएका छन् । बङ्गालको खाडीमा विकसित भएको न्यून–चापीय प्रणाली जेठ १२ गते बेलुका शक्तिशाली चक्रवातमा परिणत भएको थियो ।