मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छानबिन समितिको कार्यादेश टुंगो लगाउन शीर्ष नेताहरुको बैठक बस्दै

छानबिन समितिको कार्यादेश टुंगो लगाउन शीर्ष नेताहरुको बैठक बस्दै

न्यूजस्टोरी

काठमाडौँ । सहकारीको बचत हिनामिना प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानविन समितिको कार्यादेश टुंगो लगाउन आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बस्दैछ ।

शनिबार बसेको कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएपछि शीर्ष नेताहरुको बैठक आज फेरि बस्ने भएको हो । हिजो नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो ।

दलका नेताहरुले हिजो भएको छलफल सकारात्मक रहेको बताएका छन् । कार्यादेशबारे आज सहमति जुट्न सक्ने नेताहरुको विश्वास छ ।