मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्यदलको बैठक सिंहदरवारमा सुरु, टीओआरमा सहमति जुटाउने प्रयास जारी

कार्यदलको बैठक सिंहदरवारमा सुरु, टीओआरमा सहमति जुटाउने प्रयास जारी

न्यूजस्टोरी

काठमाडौं, । सहकारी ठगी प्रकरण छानविनका लागि बन्न लागेको संसदीय समितिको कार्यादेश ९टीओआर० टुङ्ग्याउन कार्यदलको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै संसदीय समितिको माग गर्दै आएको थियो । संसदीय समिति बनाउन सत्तापक्ष र प्रतिपक्ष सहमत भएपनि टीओआर टुङ्गिन सकेको छ ।


संसदीय समितिको टीओआर टुङ्ग्याउन काननुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । मन्त्री गिरी संयोजक रहेको उक्त कार्यदलमा नेकपा ९एमाले० संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका नेता रमेश लेखक, रास्वपाका नेता शिशिर खनाल सदस्य छन् ।

उनीहरुले टीओआर टुङ्गोमा पुर्याउन पटक–पटक छलफल र संवाद गरेका छन् । छलफल र संवादका बावजुद पनि टीओआरमा सहमति जुट्न सकेको छैन । कांग्रेस उपप्रधान एवं गृहमन्त्रीको नामै उल्लेख गर्नुपर्ने पक्षमा उभिएको छ । सत्तापक्ष भने व्यक्ति विशेषलाई तोकेर संसदीय समिति बनाउन नहुने पक्षमा छ ।

एमाले प्रमुख सचेतक बर्तौलाले टीओआरमा सहमति जुटाउन सत्तापक्षले हदैसम्म लचिलो हुने नीति लिएको बताए । उनले संसदीय समितिको टीओआरमा रहेको विवाद चाँडै टुङ्गिने र भोलिको संसद् पनि सहज रुपमा अगाडि जाने विश्वास व्यक्त गरे ।