मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा दोषी ठहरिएका इन्जिनियर पोखरेल मृत भेटिए

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा दोषी ठहरिएका इन्जिनियर पोखरेल मृत भेटिए

न्यूजस्टोरी

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत अवस्थामा भेटिएका छन् ।

बिहीबार बिहान भक्तपुरस्थित आफ्नै घरमा पोखरेल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । अदालतले दोषी ठहर गरेको दुई दिनपछि उनी मृत फेला परेका हुन् । सुरक्षण प्रिन्टिङ प्रेस खरिद प्रकरणमा यही जेठ ८ गते विशेष अदालतले उनीसहित ४ जनालाई दोषी ठहर गरेको थियो ।

दालतले उनलाई ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार १ सय ५९ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनी गत वर्ष नै निलम्बनमा परेका थिए । साथै, घटनास्थलमा प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ । पोखरेलले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।