मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धावनमार्गको ‘खाल्डो’ पुरेपछि त्रिभुवन विमानस्थल खुल्यो

धावनमार्गको ‘खाल्डो’ पुरेपछि त्रिभुवन विमानस्थल खुल्यो

न्यूजस्टोरी

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच उप्किएपछि विमानस्थल झन्डै एक घण्टा अवरुद्ध भएको थियो ।

विमानस्थलका प्रवक्ता सुवाष झाका अनुसार, धावनमार्गको चार्ली र डेल्टा ट्याक्सीवे सेक्सनको मध्यभागमा अलकत्रा र गिट्टी उप्किएपछि उडान बन्द गरिएको थियो । अवतरण गर्ने जहाजले टावरलाई पिच उप्किएको जानकारी गराएपछि काठमाडौं विमानस्थलले सबै उडान रोकेको हो । मर्मतपछि अहिले भने विमानस्थल सञ्चालनमा आएको छ ।