काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह९बालेन०ले फोहोर व्यवस्थापनमा संघीय सरकारले बेवास्ता गरेको बताउनुभएको छ ।
‘प्लाष्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेबल जैविक वस्तुमा प्याकिङ् गर्ने व्यवस्था मिलाउने’ संघीय सरकारको निर्णय स्मरण गराउँदै शाहले गुनासो गर्नुभएको हो । उहांले सरकारले आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु पनि भन्न्ुभयो ।
सार्वजनिक स्थानमा चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थ बिक्री गर्न र प्रयोग गर्न निषेध गरे पनि सरकारको असहयोगका कारण कार्यान्वयन हुन नसकेको शाहले बताउनुभयो । उहांले यस विषयमा सरकारबाट जवाफसहित उचित वातावरण निर्माणको अपेक्षा गरेको बताउनुभएको छ ।


प्रतिक्रिया