मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा माई खोलामा डुबेर दुई बालकको मृत्यु, तीन जनाको उद्धार

इलाममा माई खोलामा डुबेर दुई बालकको मृत्यु, तीन जनाको उद्धार

न्यूजस्टोरी

इलाम । इलामको माई खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।

माई खोलामा पौडी खेल्ने क्रममा डुबेर माई नगरपालिका/८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र ८ वर्षीय किस्मन आङदाम्बेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

लिम्बूको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । उहांका अनुसार अन्य तीन जनाको उद्धार गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।