मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका पठाउन क्यानको दौडधुप

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका पठाउन क्यानको दौडधुप

न्यूजस्टोरी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएपछि नेपाल क्रिकेट एसोसिएशन ९क्यान० ले पहल थालेको छ । क्यानका सचिव पारस खड्का लगाउतले भिसा प्रक्रियाका लागि आज खेलकुदमन्त्री देखि प्रधानमन्त्री कार्यालयसम्म दौडधुप गर्नुभएको छ । उहांले आज खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई भेटेर भिसा प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो ।

शाहीले लेख्नुभएकोे छ, ुबिहानै देखि सन्दिप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि नेपाल सरकारका सबै निकाय प्रधानमन्त्री कार्यालय ,गृहमन्त्री र खेलकुद मन्त्री ज्यु सँग पहल गरेका छौ १ आशा छ विश्वकप खेल्ने बाटो खुल्ने छ रु नेपाली चन्द्र सुर्य झन्डा फरफराउने छ १ु

आगामी जुन १ देखि २९ तारिखसम्म वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी(ट्वान्टी क्रिकेट विश्वकप खेल्न नेपाली टोली अमेरिका पुगिसकेको छ । उच्च अदालत पाटनबाट बलात्कार गरेको आरोपमा लामिछानेले सफाइ पाएपछि क्यानले लामिछानेलाई विश्वकप खेल्न अमेरिका पठाउन लागेको हो । तर अमेरिकाले भने लामिछानेलाई भिसा दिएको छैन ।