मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीका नवनियुक्त कृषिमन्त्री शाहले लिए शपथ

कर्णालीका नवनियुक्त कृषिमन्त्री शाहले लिए शपथ

न्यूजस्टोरी

काठमाडौं ।आफूले रोजेको मन्त्रालय नपाएपछि मन्त्रीको शपथ नै बहिष्कार गरेका नेकपा एमाले कर्णाली प्रदेशका सांसद विनोदकुमार शाह पुनः मन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री यमलाल कँडेलले शाहलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गरेका हुन् । शाहले यसअघि गत वैशाख १८ गते कृषि मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए ।

प्रदेशमा कँडेल र शाहबिच गुटको राजनीति छ । शाह शपथ बहिष्कार गरेर केन्द्रका नेतासँग छलफल गर्न काठमाडौँ गएका थिए । तर, पार्टी केन्द्रले कुनै निर्देशन नदिएपछि मुख्यमन्त्री कँडेलले शाहको नाम मन्त्रीको लिस्टबाट हटाएर उक्त मन्त्रालय आफैसँग राखेका थिए ।

शपथ बहिष्कार गरेको २२ औं दिनमा फेरि शाहले सोही मन्त्रालयमा चित्त बुझाएका छन् । उनले आजै प्रदेश प्रमुख तिकल परियारसमक्ष शपथ लिएका छन् । गत वर्ष प्रदेशसभा निर्वाचनपछि बनेको राजकुमार शर्मा नेतृत्वको एमाले९माओवादी गठबन्धन सरकारमा शाह आर्थिक मामिला तथा योजनामन्त्री थिए । पछि माओवादी९ कांग्रेस गठबन्धन बनेपछि एमाले सरकारबाट बाहिरिएको थियो ।