काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा बढ्दा होहाल्ला गर्न आवश्यक नभएको टिप्पणी गरेका छन् । नागरिकता कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका सिरोहियाको मुद्दा अदालती प्रक्रियाबाट टुंग्गो लाग्ने उहांले बताउनुभयो।
उहांले भन्नुभयो, ‘यो अदालतले प्रक्रिया अगाडि बढाउ भनेपछि अदालती प्रक्रिया मैले बुझेको छु। बढ्ता हो(होल्ला गर्नु आवश्यक छैन।’सरकारले रिसिबी साँध्यो भन्ने आरोप छ नि ?भन्ने पत्रकारको जिज्ञासामा उनले यसमा कुनै सत्यता नभएको जिकिर गर्नुभयो।‘त्यो गलत हो, उहाँसँग किन रिसिबी र?’, उहांको भनाइ थियो।
गृहमन्त्री व्यक्तिगत रूपमै आउनुभयो भन्ने छ नि रु भन्ने जिज्ञासामा उनको जवाफ थियो( ‘त्यो मान्छेले भन्ने कुरा मात्रै हो। उहाँ अदालती प्रक्रियाबाट निर्दोष हुनुहुन्छ सजिलै छुट्नुहुन्छ। त्यो हल भइहाल्छ।’उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध समाचार लेखेकै कारणले सिरोहियामाथि प्रतिशोध साँधेको आरोप लागिरहेको छ।


प्रतिक्रिया