मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै

न्यूजस्टोरी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस नेताहरुले बताउनुभएको छ ।

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ । आगामी भूमिका तय गर्न कांग्रेसले बैठक बोलाएको हो । बैठकमा प्रदेश सभापतिहरु पनि सहभागी हुनेछन् ।