मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जब काठमाडौँ महानगरले फोहोर बोकेका गाडी माओवादी पार्टी कार्यालय पठायो

जब काठमाडौँ महानगरले फोहोर बोकेका गाडी माओवादी पार्टी कार्यालय पठायो

न्यूजस्टोरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फोहोर बोकेका ४ वटा गाडी प्रहरीले नियन्त्रणमा लिएको पाइएको छ । बञ्चरेडाँडामा स्थानीय फोहोर फाल्न अवरोध भइरहेको बेला प्रहरीले चालकसहित गाडीलाई नियन्त्रणमा लिएको थियो ।

सोमबार दिउँसो काठमाडौँ जिल्ला प्रहरी परिसरले स्कर्टिङ गरेर फोहोर बोकेका गाडी र चालकलाई नियन्त्रणमा लिएर टेकुमा राखेको थियो । अहिले भने ती गाडी र चालकलाई प्रहरीले छाडिसकेको छ ।

महानगर प्रमुख बालेन शाहका स्वकीय सचिव भुपदेश शाहले बञ्चरेडाँडामा अवरोध भएपछि कोटेश्वरबाट गाडीहरू प्रहरीले नियन्त्रणमा लिएको बताए । ‘बञ्चरेडाँडामा हिजोदेखि नै फोहोर फाल्न दिइएको थिइन् । हामीले प्रहरी प्रशासनसँग अवरोध हटाइंदिन अनुरोधगर्दै आएका थियौँ । अवरोध भएपछि कोटेश्वरमा फोहोरका गाडीहरू रोकिएको थियो । प्रहरीले स्कर्टीङ गर्दै चालकसहित गाडीलाई नियन्त्रण लिएर टेकुमा राखेको थियो । अहिले छुटिसकेका छन्,’ शाहले भने ।

महानरगले फोहोर संकलनमा अवरोध हटाउन प्रधानमन्त्री र गृहमन्त्रीले सहयोग नगरेको भन्दै सांकेतिक रूपमा फोहोर बोकेका ४ वटा गाडी माओवादी पार्टी कार्यालय पेरिसडाँडा पठाएको थियो । त्यही समयमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

केही दिन यता बञ्चरेडाँडामा स्थानीयले फोहोर बिसर्जनमा अवरोध गर्दै आएका छन् । जसले गर्दा काठमाडौँबाट जाने फोहोर गाडीहरू जान सकेका छैनन् । यस विषयमा काठमाडौँ महानगरले अवरोध हटाउन सहयोन गर्न भन्दै प्रहरी र स्थानीय प्रशासनलाई अनुरोध गर्दै आएको थियो । तर, स्थानीय प्रहरी प्रशासनबाट सहयोग नपाएपछि विरोध स्वरूप चार वटा गाडी माओवादी पार्टी कार्यालय पेरिसडाँडा पठाइएको स्वकीय सचिव शाहले बताए । सोही क्रममा प्रहरीले नियन्त्रणमा लिएर टेकुमा लगेको हो ।

गाडी र चालकलाई नियन्त्रणमा लिएपछि महानगर प्रमुख शाहले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् । महानगर प्रमुख शाहले गाडी र चालकलाई पक्राउ गरेको भन्दै सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका थिए ।

‘भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले’, फेसबुकमा बालेनले लेखेका थिए, ‘जबसम्म चालकहरूलाई ससम्मान रिहा गरिँदैन तबसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताका घरको फोहोर उठ्दैन ।’

बञ्चरेडाँडामा रोजगारीको माग राखेर बलामी युवा समाजले फोहोर विसर्जनमा अवरोध गर्दै आएको छ । महानगरले पेरिसडाँडासँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कार्यालय वनस्थली पठाइएको थियो । रास्वपा पार्टी कार्यालयतर्फ गएका ट्रकलाई प्रहरीले बाटैमा रोकेको थियो । पेरिसडाँडा गएका गाडीसहित ट्रकका चालकलाई पार्टी कार्यालयको गेटमै पक्राउ गरेको थियो ।