मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जरुरी पर्‍यो भने १०/१२ पटक विश्वासको मत लिन्छु- प्रधानमन्त्री

जरुरी पर्‍यो भने १०/१२ पटक विश्वासको मत लिन्छु- प्रधानमन्त्री

न्यूजस्टोरी

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसले संसदमा गरेको अवरोधको मूल्य आउँदो चुनावमा चुकाउने बताउनुभएको छ ।

सोमबार विश्वास मत पाएपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहांले अहिलेको कांग्रेसको गतिविधिको मूल्य आगामी निर्वाचनमा चुकाउनुपर्ने टिप्पणी गर्नुभयो । नेपाली कांग्रेसले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा विरोध जनाएको थियो।

उहांले भन्नुभयो,‘नेपाली कांग्रेसले कस्तो मूल्य चुकाउनुपर्छ भन्ने कुरा आगामी चुनावमा देखिन्छ। आज कांग्रेसले गरेको अवरोध नेपालको मात्रै होइन विश्वमा रेकर्ड बनेको छ। जरुरी पर्‍यो भने १०/१२ पटक विश्वासको मत लिन्छु।’