काठमाडौं । सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिनुभएको छ । प्रतिनिधि सभाबाट चौथोपटक विश्वासको मत पाएपछि ओलीले सोमबार दिउँसो प्रचण्डलाई भेटेरै बधाई दिनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा आजै चौथोपटक विश्वासको मत पाउनुभएको हो । प्रतिनिधि सभामा भएको मत विभाजनमा प्रचण्डको पक्षमा १५७ र विपक्षमा शून्य मत परेको हो । मत दिन्न भन्नेमा १ मत परेको सभामुख देवराज घिमिरेले सदनमा जानकारी दिएनुभयो ।
मतदानमा १५८ सांसद उपस्थित थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रचण्डले विश्वासको मत लिएका हुन् । उपेन्द्र यादवको पार्टी जसपा विभाजन भएपछि प्रचण्डले संसदमा चौथोपटक विश्वासको मत लिनुभएको हो ।


प्रतिक्रिया