मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत

न्यूजस्टोरी

काठमाडौं । विपक्षी दलको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट सोमबार विश्वासको मत लिनुभएको छ । प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो। प्रस्तावको पक्षमा मत १५७ पर्‍यो । विपक्षमा कुनै  मत परेन भने एक जना सांसद तटस्थ बसे। मत विभाजनमा १५८ सा‌ंसद सहभागी थिए।

उहांलाई नेकपा ९एमाले०, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदले मत दिनुभएको हो प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, जनता समाजवादी पार्टी जसपा, नेपाल, राष्ट्रिय जनमोर्चा लगायत विपक्षी दलले विरोध जनाएका थिए भने उनीहरूको विरोधबीच पनि सभामुख घिमिरेले बैठक सञ्चालन गर्नुभएको थियो ।

त्यसपछि कांग्रेस लगायत विपक्षी दलका सांसदले ‘बेल’ मा गएर नाराबाजी गरेका थिए। तथापि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्न प्रधानमन्त्री दाहाललाई समय दिनुभएको थियो । नाराबाजीबीच नै प्रधानमन्त्री दाहालले प्रस्ताव पेश गर्नुभएको थियो । त्यसमाथिको छलफल पनि नाराबाजीकै बीच चलेको थियो। छलफलका क्रममा एमाले सांसद विष्णु पौडेलले बोलेका थिए। सत्तारूढ दलकै अन्य सांसदले भने छलफलमा भाग लिएनन्।

नाराबाजी र विरोधबीच नै मत विभाजन भएको थियो। त्यसमा सत्तारूढ दलका सांसद सहभागी भए पनि विपक्षी दलका सांसदले नाराबाजी गरिरहे।