मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै

कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा कांग्रेसको नाराबाजीबीच सभामुखले रोष्ट्रम मा ल्याउन मर्यादापालकलाई निर्देशन दिएपछि प्रचण्ड रोष्ट्रममा पुग्नुभएको हो ।

उहांले अहिले संसदमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको छ । प्रचण्डले चौथो पटक विश्वासको मत लिन लाग्नुभएको हो । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै संसदमा अवरोध गर्दै आएको छ।