मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्रीलाई बोल्न दिने विपक्षी दलहरूको निर्णय, चित्त नबुझे सदन अवरोध

गृहमन्त्रीलाई बोल्न दिने विपक्षी दलहरूको निर्णय, चित्त नबुझे सदन अवरोध

न्यूजस्टोरी

काठमाण्डौं । विपक्षी दलहरूको मोर्चाले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने भएका छन् ।

आज बसेको विपक्षी दलको बैठकले संसदमा आफूमाथि उब्जेका प्रश्नबारे बोल्न दिने निर्णय गरेको हो । लामिछानेले दिएको जवाफमा चित्त नबुझे फेरि संसद अवरुद्ध गर्ने तयारी विपक्षी दलले गरेका छन् । विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा बोलाएको विपक्षी दलका नेताहरुको संयुक्त बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्द दिने सहमति बनेको हो ।

सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग कांग्रेसले गर्दै आएको थियो । कांग्रेसको मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन् ।

गतिरोध अन्त्यको प्रयासमा शनिबार बसेको सत्ता पक्ष र प्रतिपक्ष दलहरुको संयुक्त बैठकमा संसदीय समिति गठन गर्ने सहमति भएको थियो । तर, संसदीय समितिको कार्यादेश टुंगो लागेको छैन । कार्यादेश टुंगो लगाउन एमाले नेता एवम् कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको छ ।
कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।