मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै

सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै

न्यूजस्टोरी

काठमाडौं । सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन आज कार्यदलको बैठक बस्दै छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलको बैठक बिहान ८ बजेपछि बस्ने तयारी छ ।

कानुनमन्त्री गिरीको संयोजकत्वमा गठित कार्यदमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीच पोखरा र बुटवलको सहकारीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको विषयमा छानबिन गर्नेरनगर्नेमा सहमति भएको छैन । मुख्यगरी यही विषयलाई केन्द्रमा राखेर संसदीय छानबिन समितिको क्षेत्राधिकारमा सहमति खोज्न कार्यदल बनेको हो ।

कार्यदलको आज बस्ने बैठकले समितिको क्षेत्राधिकार टुंगो लगाउने छ । त्यसपछि मात्रै समिति गठन हुने छ ।

सहकारी ठगी छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गर्दै आएको संसद्को अवरोध भने आजदेखि हट्ने भएको छ ।