मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद्को अवरोध खुलाउनेबारे प्रधानमन्त्रीले कांग्रेस नेताहरूसँग छलफल गर्ने

संसद्को अवरोध खुलाउनेबारे प्रधानमन्त्रीले कांग्रेस नेताहरूसँग छलफल गर्ने

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गतिरोधबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूसँग फेरि छलफल गर्न लाग्नुभएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले निरन्तर संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित संसद् अवरोध गर्दै आएपछि सहमतिको प्रयास स्वरूप अहिले बिहान साढे ८ बजे छलफलका लागि बालुवाटारमा बोलाउनुभएको हो ।

यसअघि कांग्रेस नेताहरूलाई हिजो साँझ ६ बजे बोलाइएको भए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण आज बिहानका लागि बैठक सारिएको हो ।