मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी मन्त्रिपरिषद् : यसरी टुङ्गियो मन्त्रालय, को-को बन्दैछन् मन्त्री ?

कोशी मन्त्रिपरिषद् : यसरी टुङ्गियो मन्त्रालय, को-को बन्दैछन् मन्त्री ?

न्यूजस्टोरी

काठमाडौं ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नवनियुक्त मन्त्रीहरूलाई आजै शपथ खुवाउने तयारी भइरहेको छ ।

मन्त्रिपरिषद्‌मा नेकपा एमाले र नेकपा ९माओवादी केन्द्रबाट० क्रशमस् ६ र ४ जना रहनेछन् । एमालेबाट एकराज कार्की, लिलाबल्लब अधिकारी र पीके राई मन्त्री बन्ने भएका छन् । कार्कीले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । यस्तै राईलाई सामाजिक विकास मन्त्रालय र अधिकारीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ ।

एमालेबाट यसअघि नै राम राना मन्त्री बनिसकेका छन् । उनी बिनाविभागीय मन्त्री थिए । उनलाई कुन मन्त्रालय दिने भन्नेबारे टुङ्गिएको छैन । यस्तै एमालेबाट सिर्जना राई राज्यमन्त्री बन्दैछन् । उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा रहनेछिन् । यस्तै माओवादीबाट नारायण बुर्जा मगर र राजेन्द्र कार्की मन्त्री बन्ने पक्का भए छ । माओवादीका गणेश उप्रेतीलाई यसअघि नै मन्त्री बनिसकेका छन् । उनी बिनाविभागीय मन्त्री थिए । उनले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउनेछन् ।

बुर्जा मगर र कार्कीले भने क्रमशस् पर्यटन, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनेछन् । माओवादीबाट बन्दना झाँगड राज्यमन्त्री बन्दैछन् । उनलई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ । अहिले सबै विषय टुङ्गिसकेको भएपनि आर्थिक मामिला तथा योजना मन्त्रालय कसले लिने भन्नेबारे कुरा मिल्न बाँकी रहेको छ । त्यो पनि आजै टुङ्ग्याएर आजै नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाउने तयारी गरिएको छ ।