मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यायपालिकाले कानुनी शासनको रक्षा गर्नुपर्छ : प्रधानमन्त्री

न्यायपालिकाले कानुनी शासनको रक्षा गर्नुपर्छ : प्रधानमन्त्री

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

१६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाको पुनःसंरचना, संविधानको कार्यान्वयनमा सरकार क्रियाशील रहँदै आएको स्पष्ट पार्नुभयो ।

“न्यायपालिकाको पुनःसंरचना र संविधान कार्यान्वयनमा सरकार निरन्तर क्रियाशील छ,” प्रचण्डले भन्नुभयो, “न्यायपालिकाको सुदृढीकरण र बार एशोसियसनलाई अझ सक्षम बनाउन सरकार प्रतिबद्ध भएर लाग्नेछ ।” लोतकन्त्र र कानुनको शासन सभ्य समाजको पहिचान भएको उल्लेख गर्दै उहांले न्यायपालिकाले कानुनी शासनको रक्षा गर्नुपर्ने बताउनुभयो ।