काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ ।
सरकारले चाहेको खण्डमा जुनसुकै बेला विधेयक फिर्ता लिन सक्ने व्यवस्था छ । सोही प्रावधानअनुसार, सरकारले दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको हो ।संघीय संसद् सचिवालयले दलसम्बन्धी संशोधन विधेयक फिर्ताका लागि पत्र प्राप्त भएको जनाएको छ ।
यसअघि सरकारले दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४०–४० प्रतिशत संख्या पु¥याउनुपर्ने प्रावधानसहित विधेयक अगाडि बढाएको थियो ।


प्रतिक्रिया