काठमाडौं । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मदन आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उहांले यस्तो बताउनुभएको हो । उहांले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन अघि बढ्नुपर्ने वेला भइसकेको बताउनुभयो । उहांले कम्युनिष्ट पार्टीलाई बदनाम गर्ने अनेक प्रयत्नलाई विफल पार्न आवश्यक रहेको बताउनुभयो ।
उहांले कम्युनिष्ट पार्टीलाई सबैभन्दा बढी लोकतान्त्रिक पार्टीको रूपमा स्थापित गर्न आवश्यक रहेको पनि बताउनुभयो । उहांले कम्युनिष्ट शक्तिलाई अधिनायकवादी शक्तिको रूपमा आरोप लगाउनु झूटो आरोप मात्रै हुने जिकिर गर्नुभयो। उहांले जनताको बहुलदलीय जनवाद समाप्त नभइसकेको बताउनुभयो ।
उहांले भन्नुभयो, ‘मदन भण्डारीका उत्तराधिकारी हामीले अब यो आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन अघि बढ्नुपर्छ। कम्युनिष्ट पार्टीलाई सबैभन्दा बढी लोकतान्त्रिक पार्टीको रूपमा स्थापित गर्नुपर्छ। कम्युनिष्ट पार्टी लोकतान्त्रिक शक्ति हो। लोकतान्त्रिक आन्दोलनको अगुवा शक्ति हो। यसले लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसाथ गर्छ। यसलाई अधिनायकवादी शक्ति भनेर आरोप लगाउँछन् भने त्यो झूटो आरोप मात्रै हो।’ अध्यक्ष नेपालले मदन भण्डारी र जीवराज आश्रितले छोडेर गएको जिम्मेवारी पूरा गर्न आवश्यक रहेको बताउनुभयो ।


प्रतिक्रिया