काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ बुधबार पनि जारी छ । मंगलबार सुनवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दा बुधबार फेरि सुनुवाइ भइरहेको हो । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ । भित्र बहस जारी रहँदा बाहिर समर्थकहरू भने सन्दीपको पक्षमा नारा लगाइरहेका छन् ।
उच्च अदालत परिसर हरिहर भवनअगाडि सन्दीपका समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
बुधबार नै फैसला आउने सम्भावना प्रबल छ ।


प्रतिक्रिया