काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम फैसला बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । फैसलाको तयारीसँगै उच्च अदालत पाटनको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुनुवाइ भइरहेकाबाहेक अरुलाई भित्र छिर्न दिइएको छैन् । पत्रकार पनि बाहिरै छन् ।
अदालतमा मंगलबारदेखि सुरु भएको बहस बुधबार पनि हेर्दाहेर्दैमा रहेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा अहिले मुद्दा सुनुवाइ जारी छ । सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनवाइ भइरहँदा पाटन उच्च अदालतबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
फैसलापछिको सुरक्षा संवेदनशीलता उत्पन्न हुने भन्दै कडाइ गरिएको हो । उच्च अदालतले मिडियालाई पनि छिर्न नदिनु भनेको छ । हिजोको सुनवाइमा मिडियाकर्मीलाई अदालतभित्र प्रवेश दिइएको थियो । तर, आज गेटमै रोकिएको छ । मुद्दाको काममा आएकाहरूलाई प्रमाण हेरेर भित्र जान दिइएको छ भने अरूलाई अनुमति दिएको छैन ।


प्रतिक्रिया