मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब कांग्रेसले गिरिबन्धु टी स्टेटको मुद्दा पनि संसदमा उठाउने

अब कांग्रेसले गिरिबन्धु टी स्टेटको मुद्दा पनि संसदमा उठाउने

न्यूजस्टोरी

काठमाडौं । सहकारी ठगी प्रकरणमा रवि लामिछाने मुछिएको दाबी गर्दै यसमाथि संसदीय छानबिन हुनुपर्ने माग राख्दै आएको नेपाली कांग्रेसले झापास्थित गिरीबन्धु टी स्टेटको मुद्दालाई पनि संसदको एजेण्डा बनाउने भएको छ ।

मंगलबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले गिरीबन्धुको विषय पनि संसदमा उठाउने निर्णय गरेको हो । बैठकमा सहभागी कांग्रेसका एक सांसदले सहकारी ठगी प्रकरणको छानबिनसँगै गिरिबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्ने तत्कालीन सरकारको निर्णयविरुद्ध पनि अब कांग्रेसले संसदमा आवाज उठाउने बताउनुभयो ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गिरिबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न दिने निर्णय लिएको थियो । यसविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेकोमा सर्वोच्च अदालतले त्यसलाई हालै खारेज गरिदिएको छ ।

यो प्रकरणमा राजनीतिक नेतृत्व मौन देखिएको भनेर आलोचना चुलिरहेका बेला कांग्रेसले यसलाई पनि उठाउने निर्णय लिएको हो ।