मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले दिए राजीनामा

उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले दिए राजीनामा

न्यूजस्टोरी

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका हुन्। “आज बिहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु,” यादवले भने, “वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिएको हुँ।”

उनले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन्। उनीसँगै स्वास्थ्य राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका हुन्।

यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा, नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी जसपा बनेको छ। जसपा नेपालका सात सांसद जसपातिर लागेका छन्। यादवको पक्षमा पाँच सांसद छन्।