मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा दुई समूहबीच झडप, एक जनाको मृत्यु

काठमाडौंमा दुई समूहबीच झडप, एक जनाको मृत्यु

न्यूजस्टोरी

काठमाडौं । काठमाडौं महानगरपालिका–९, बत्तीसपुतलीस्थित कुमारी टोलमा गएराति दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । घटनाको कारणबारे भने प्रहरीले केही खुलाएको छैन । धिमालको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।