मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लामिछानेमाथि संसदीय छानबिन समिति नबनाएर सरकारले रवैया प्रस्तुत गर्‍यो : गगन थापा

लामिछानेमाथि संसदीय छानबिन समिति नबनाएर सरकारले रवैया प्रस्तुत गर्‍यो : गगन थापा

न्यूजस्टोरी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनाएर सरकारले रवैया प्रस्तुत गरेको बताउनुभयो छन् ।

उह्ँंले अब लामिछानेमाथि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेस तलमाथि हुने कुरै नभएको बताउनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकबाट कांग्रेसले संसद्मा कसरी अगाडि बढ्ने भन्ने थप निर्णय लिनका लागि सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाउने निर्णय गरेको समेत बताए ।

उहांले भन्न्भयो , ‘हिजो संसद्मा हामीहरूले सभामुखसँग पनि र अन्य दलहरूसँग पनि छलफल गरेर संसद्को गतिरोध पनि अन्त्य होस्, हाम्रो माग पनि सम्बोधन होस भनेर एउटा सदासयता, लचकता राख्दाराख्दै पनि सरकारले जुन खालको रवैया प्रस्तुत गर्‍यो र सम्माननीय सभामुखले पनि जसरी संसद्को अवरोध अन्त्य गर्नका निम्ति अझ बढी संवेदनशील हुनुपर्ने हो तर प्रतिपक्षीले त्यत्रो सदासयता राख्दा पनि त्यसको नजरअन्दाज गर्ने स्थिति भयो ।’

उहांले सरकार र प्रतिपक्ष दलबीच संसदीय समिति बनाउने कि नबनाउने भन्ने विषयमा संघर्ष चलिरहेको समेत बताउनुभयो ।