काठमाडौं– नेपाली कांग्रेसले संसद्मा गरेको अवरोधलाई तत्काल नरोक्ने निर्णय गरेको छ । तर राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका सन्दर्भमा भने आइतबार या सोमबार संसदीय दलको बैठक बसेर निर्णय गर्ने बताएको छ ।
आज सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले यस्तो निर्णय गरेको कांग्रेस सहमहामन्त्री बन्द्रीप्रसाद पाण्डेले बताउनुभयो । कांगेसले यसबारे थप निर्णय लिन सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको
शुक्रबार संसद् बैठक सकिएपछि सभामुख र सत्ता पक्षका नेताहरूले अवरोध हटाउन कुनै छलफल नगरेको पाण्डेको भनाइ छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सांसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। सो बेला कंग्रेसले संसद् अवरोध नगर्ने विषयमा छलफल गरिरहेको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले निरन्तर संसद् बैठक अवरोध गरिरहेको छ ।


प्रतिक्रिया