शेखर छत्कुली , वीरगन्ज २० वैशाख । सशस्त्र प्रहरी वल वीरगन्जले अवैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको करिव साढे सात लाख रुपैयाँ मुल्य बराबरको तस्करीको लता कपडा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी वल प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगँज भन्सारले अवैध रुपमा भन्सार छलेर भित्रयाउदै गरेको ७ लाख ३३ हजार रूपैयाँ वरावरको लता कपडा सहित एक जना पुरुष र एक जना महिलालाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी वल प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगँज भन्सारका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज रिजालको कमाण्डमा रहेको टोलीले वीरगन्ज महानगरपालिकाको बडा नम्वर १६ स्थित ईनरुवा गाऊ नजिक रहेको बासघारीबाट छेउबाट र भुटन देवी माईको मन्दिर छेउबाट तस्करले भन्सार छलेर भारतबाट अवैधरुपमा नेपाल भित्रियाईएका लता कपडा सहित उनिहरुलाई नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीले पक्राउ गरेका सामानहरुमा सटिङ सुटिङ शुरुवाल कुर्ता साडी रहेको छ भने २ वटा साईकल र पक्राउ परेका जितपुर सिमरा उपनगरपालिका बस्ने अन्दाजी वर्ष ३७ कि एक महिला र बारा जिल्ला विसरामपुर निवासी अन्दाजी वर्ष ४० का पुरुषलाई अवैध सामान सहित वीरगन्ज भन्सारमा बुझाईएको सशस्त्र प्रहरी वल प्रस्तावित सिमा सुरक्षा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज रिजालले जनाएका छन।


प्रतिक्रिया