मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिलेको सरकार पीडितहरुको सरकार : अमरेश कुमार सिंह

अहिलेको सरकार पीडितहरुको सरकार : अमरेश कुमार सिंह

न्यूजस्टोरी

पर्शा, १७ बैशाख । प्रतिनिधीसभा सदस्य अमरेश कुमार सिंहले अहिलेको सरकार पीडितहरुको सरकार भएको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार आम पीडितहरुको सरकार भएको बताउनुभएको हो । वीरगंजमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले यो सरकार संविधान बचाउनको लागि गठबन्धन सरकार बनाएको दावी गर्नुभयो । प्रतिनिधिसभा सदस्य ९सांसद० सिंहले यो संविधान समाप्त भएको खण्डमा प्रधानमन्त्री प्रचण्ड जेल जान सक्ने दावी गर्नुभयो । प्रचण्डमाथि द्वन्द्धकालका ३ सय बढी मुद्धा रहेको बताउदै यदि संविधान समाप्त भएमा प्रचण्ड जेल जाने बताउनुभएको हो । विदेशी शक्तिहरूको इशारा र निर्देशनमा अहिले नेपालको संविधानमाथि प्रहार भइरहेको हुदा संविधान र गणतन्त्रको रक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो । संविधानका मुख्य चारवटै आधारस्तम्भ धर्मनिरपेक्षा, गणतन्त्र,संघीयता र समावेशीतामाथि प्रहार भइरहेको उहाले बताउनुभयो । सासद सिहले मधेश प्रदेशका सासंदहरु सबैले नातागोताहरुलाई ठेकदार र उपभोक्ता समितिको अध्यक्ष बनाएको आरोप लगाउदै यसले देशको अर्थतन्त्रमा असर पारिरहेको समेत बताउनुभयो । उहाले नेपालको राजनीतिमा ठेकदारी करण , व्यापारी करण र भ्रष्टचारी करण भएको आरोप लगाउनुभएको हो । सिंहले नेपालमा कृषि क्रान्तिकारी ल्याउनुपर्नेमा समेत जोड दिनुभएको छ ।