मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेमिटेन्स धेरै भित्र्याउनेमा आईएमई : राष्ट्रबैंकबाट सम्मानित

रेमिटेन्स धेरै भित्र्याउनेमा आईएमई : राष्ट्रबैंकबाट सम्मानित

न्यूजस्टोरी

काठमाडौं, १४ बैशाख । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने कम्पनीका रूपमा आईएमई लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकले आफ्नो ६९ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९-८० मा रेमिटेन्स कम्पनीमध्येबाट सबैभन्दा बढी २७ दशमलव ५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा आईएमईलाई सम्मानित गरेको हो ।

आज राष्ट्र बैंकमा आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसा पत्र प्रदान गर्नुभयो । रेमिट्यान्स आप्रवाहले देशको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधार लगायत बाह्य क्षेत्र सन्तुलनसमेतमा योगदान पुर्‍याएकोले प्रशंसा पत्र प्रदान गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रशंसा पत्र ग्रहण गर्दै आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पौडेलले यो सम्मानबाट ग्राहकलाई भरपर्दो, सुरक्षित तथा अत्याधुनिक फिनटेक प्रविधिसहितको रेमिटेन्स सेवा प्रदान गर्न आईएमई थप उत्साहित भएको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सर्वाधिक रेमिटेन्स भित्र्याउने बैंक तथा रेमिटेन्स कम्पनीलाई सम्मानित गर्दै आएको छ ।