मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगो निभाउने क्रममा गुल्मीमा एक जनाको ज्यान गयो

आगो निभाउने क्रममा गुल्मीमा एक जनाको ज्यान गयो

न्यूजस्टोरी

गुल्मी, ३ बैशाख । आगो निभाउने क्रममा गुल्मीमा आज सोमवार एक जनाको ज्यान गएको छ ।

स्थानीय सल्लाघारीमा लागेको आगो निभाउने क्रममा मुसिकोट नगरपालिका–१ का ५८ वर्षीय महले घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिनुभयो ।

सर्वोदय माध्यमिक विद्यालयको सल्लाघारीमा लागेको आगो निभाउन गएको अवस्थामा अचानक आगोको लप्को आएपछि भाग्ने क्रममा घर्ती भीरबाट लडेका प्रहरीले जनाएको छ । यस्तै भीरबाट लड्नुभएका ५२ बर्षीय रेशम थापाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।