मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिक उन्मुक्तिकी सुदूरपश्चिम प्रदेश सांसद गिरीलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

नागरिक उन्मुक्तिकी सुदूरपश्चिम प्रदेश सांसद गिरीलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

न्यूजस्टोरी

काठमाडौं, २ बैशाख । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन गर्न रोक लगाएको छ ।

आज न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेश सभा सदस्यको हैसियतमा काम–कारबाही गर्न रोक नलगाउन अन्तरिम आदेश दिएको हो ।

आफ्नो निर्णय विपरीत काम गरेको भन्दै अध्यक्ष रञ्जिता श्रेष्ठले गिरीलाई पदमुक्त गर्नुभएको थियो । सर्वोच्चले सांसद गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै रञ्जिता चौधरीलाई धक्का लागेको छ ।