मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज मुस्लिम समुदायले इद उल फित्र मनाउँदै

आज मुस्लिम समुदायले इद उल फित्र मनाउँदै

न्यूजस्टोरी

काठमाडौं, २९ चैत्र । इस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरेपछि आज इद उल फित्र मनाउँदैछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो । ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अंगालो हालेर आत्मियता साट्ने गर्छन् ।

इद पर्व मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशियाली साटासाट गर्दै शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ ।

इद उल फित्रको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । यसवर्ष हिजो बुधवार आकाशमा चन्द्रमा नदेखिएका कारण ईदको अन्तिम दिन आज बिहीवार सार्नु परेको मुस्लिम धर्माबलम्बीको भनाइ छ ।

राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरुले इद उल फित्रको अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिँदै इद पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले मुस्लिम धर्मावलम्बीको महान पर्व इद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।