मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको मौसम : चट्याङसहित हल्का वर्षाको सम्भावना

आजको मौसम : चट्याङसहित हल्का वर्षाको सम्भावना

न्यूजस्टोरी

काठमाडौँ, १९  चैत । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ।  

गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

भोलि मङ्गलवार देशका पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।