काठमाडौँ, १९ चैत । बागमतीमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले यथा स्थितीमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताएको छ । आइतबार अपरान्ह बसेको नेकपा एकीकृत समाजवादी संसदीय दलको दलको बैठकले जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो ।
बागमती प्रदेशमा ७ सिट रहेको एकीकृत समाजवादी आफ्नो निर्णयमा अडिग रह्यो भने मुख्यन्त्रीको विश्वासको मत सम्बन्धि प्रस्ताव पास नहुने देखिएको छ । निर्णय बलिएको खण्डमा भने मुख्यमन्त्रीले बहुमत पाउने अवस्था रहन्छ ।


प्रतिक्रिया