काठमाडौं, १८ चैत । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबिच भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर प्रमुख सम्पाङले उपप्रधान एवम् गृहमन्त्री लामिछानेसँग भेटवार्ता गर्नुभएको हो ।
भेटका क्रममा उहाँहरूबिच धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोतसाधनको माग लगायत लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे छलफल भएको छ ।
प्रमुख साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत–साधनको माग गर्नुभएको छ । छलफलको क्रममा कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको प्रमुख साम्पाङको गुनासो गर्नुभएको हाे।
साम्पाङले राख्नुभएको गुनासोमा आफू गम्भीर भएको बताउँदै सम्बोधन प्रक्रिया सुरू गर्न उपप्रधान एवम् गृहमन्त्री लामिछानले कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ ।


प्रतिक्रिया