मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सा प्रहरीद्वारा ठुलो परिमाणमा कुखुराको चल्ला बरामद गरि नष्ट

पर्सा प्रहरीद्वारा ठुलो परिमाणमा कुखुराको चल्ला बरामद गरि नष्ट

न्यूजस्टोरी

शेखर छतकुली

वीरगन्ज ८ चैत्र । पर्सा प्रहरीले भारतीय कुखुराको चल्ला पक्राउ गरि नष्ट गरेको छ। प्रहरीले अवैधरुपले भित्राएको ५० कार्टुन कुखुरा चल्ला करिव ५००० गोटा पक्राउ गरि नष्ट गरेको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले विन्दवासिनी गाऊपालिका वडा नम्बर ४ अमरपर्टी स्थित सडक खण्डबाट भारतीय कुखुराको चल्ला ठुलो परिमाणमा पक्राउ गरि नष्ट गरेको पर्सा प्रहरीका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताउनुभयो । पक्राउ गरेको ५० कार्टुन कुखुरको चल्ला पशु क्वारेन्टाइन सिर्सिया र इलाका प्रहरी कार्यालय पोखरियाको संयुक्त टोलीले खाली जग्गामा नष्ट गरिएको प्रबक्ता थापाले जानकारी दिनुभयो ।