मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपा केन्द्रीय सदस्य सहित चार जना राष्ट्रिय योजना आयोग सदस्य नियुक्त

रास्वपा केन्द्रीय सदस्य सहित चार जना राष्ट्रिय योजना आयोग सदस्य नियुक्त

न्यूजस्टोरी

काठमाडौँ, चैत ८ गते । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा नयाँ नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रा. सङ्गीता सिंह (काठमाडौँ), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अरनिको पाण्डे (ललितपुर)लाई सदस्य पदमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

अधिकारी त्रिवि अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख हुन्। संगीता सहरी विकास विज्ञ हुन्। पाँडे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य तथा जलवायु विज्ञसमेत हुन्। सत्तागठबन्धनले भागबन्डाका आधारमा राष्ट्रिय योजना आयोग सदस्य नियुक्त गरेको हो। महत र अधिकारी नेकपा (एमाले) निकट हुन् भने पाँडे रास्वपा केन्द्रीय सदस्य हुन्।