मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज गिरिजाबाबुको १४ औँ स्मृति दिवस

आज गिरिजाबाबुको १४ औँ स्मृति दिवस

न्यूजस्टोरी

काठमाडौं, ७ चैत्र । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति स्व.गिरिजाप्रसाद कोइरालाको आज १४ औँ स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदैछन् । नेपाली कांग्रेस, जीपी कोईराला फाउण्डेसनलगायतले कार्यक्रमको आयोजना गरेका छन् ।

पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । राणा शासनको विरोध गरेको आरोपमा बुबा–आमा प्रवासमा रहेका बेला कोइरालाको वि.सं.१९८१ सालमा भारतको टेडीमा जन्म भएको थियो ।

२०४७ सालको आन्दोलन, २०६२—६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी द्वन्द्वलाई शान्तिपूर्ण रुपमा रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिमा उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो ।