मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

न्यूजस्टोरी

काठमाडौं, २ चैत्र । प्रधानमन्त्री ‘प्रचण्ड’ ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिनुभएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डको निर्देशनसँगै गृहमन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थाल्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
आयोगले हिजो उपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।