मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदयपुरमा जीप दुर्घटना ६ जनाको ज्यान गयो

उदयपुरमा जीप दुर्घटना ६ जनाको ज्यान गयो

न्यूजस्टोरी

काठमाडौं, १ चैत्र । धरानबाट भोजपुरको दक्षिण घोरेटारतर्फ जाँदै गरेको जीप उदयपुरको मैनमैनीमा दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ ।

दुर्घटनामा छ जनाको घटनास्थलमै ज्यान गएको र अन्य आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक ९एसपी० रमेश थापाले उज्यालोलाई जानकारी दिनुभयो । को १ ज २५९३ नम्बरको जीपमा १४ जना सवार रहेका सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।