पोखरा, २२ फागुन। केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलको बाछिटा प्रदेशमा देखिन थालेको छ ।
काठमाडौंमा कांग्रेससँग सत्ता सहकार्य समाप्त गरेको भोलिपल्टै गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई आज बर्खास्त गर्नुभएको हो । गत वैशाख १५ गते सिम्खडा मन्त्री बनेकी थिइन भने जुग्जाली वैशाख २९ गते मन्त्री नियुक्त भएका थिए ।


प्रतिक्रिया